काठमाडौं : झापाको मेचीनगर–१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भइरहेको छ। मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आज बिहान पाँच बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको झापा प्रहरीले जनाएको छ। भद्रपुर, बिर्तामोडलगायत स्थानीय तहबाट दमकल लगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।