पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो  खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिउ । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए । 

सम्बन्धित सामग्री

पहिरोले नारायणगढ–मुग्लिन सडक दुवैतर्फ अवरुद्ध

मुग्लिन : पहिरोका कारण नारायणगढ– मुग्लिन सडक दुवैतर्फ अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले बिहीबार बिहानैदेखि पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए। पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए।

पहिरोले नारायणगढ - मुग्लिन सडक अवरुद्ध

मुग्लिन : वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। बिहीवार बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको अधिकारीले बताए। पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध…

मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौं, भदौ ३०। पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । file photo

पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा आज बिहान ६ बजे पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो । पहिरो ठूलो भएकोले हटाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सडक विभागको मेसिनसहतिको टोलीले पहिरो हटाउने काम गरीरहेको छ । पहिरोको कारण सवारी […]