भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ ।
यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ । ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलो पटक भारतसँग पराजित भएको छ ।
पाँचौं दिन ४ रनबाट खेल्न थालेको भारतले अस्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको चुनौती ३ ओभर बाँकी रहँदा सात विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम ३ ओभरमा भारतलाई जितका लागि ३ रन चाहिएको अवस्थामा रिषभ पन्तले विजयी चौका प्रहार गरेका थिए ।
भारतका लागि रिषभ पन्तले अविजित ८९ रन ब...