काठमाडौं : उदयपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा खेतमा काम गर्दै गरेका ललिता सदा र फूलकुमारी सदाको चट्याङ लागेर मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा जिल्ला अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।