काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
हिजो भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालको जितमा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक/एक गोल गरे । जितसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ ।
हिजो भएको अर्को खेलमा भारत बङ्लादेशसँग २–१ गोलले पराजित भयो । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हरा...