नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एशियाली विकास बैंकको प्रतिबद्धता

एशियाली विकास बैंक (एडिबी) का महानिर्देशकले नेपालको विकास एजेन्डा र महामारीपछिको पुनरुत्थानका निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दक्षिण एसियाका लागि बैंकका महानिर्देशक केनिची योकोयामाले नेपालको चारदिने भ्रमणका क्रममा मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका सचिव तथा विकास परियोजना प्रमुखहरूसँगको भेटमा त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । द्विपक्षीय भेटवार्ताका क्रममा उनले नेपाल सरकारको विकासका प्राथमिकतालाई एडीबीले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता दोहो¥याएको यहाँस्थित एडिबीको आवासीय कार्यालयले जनाएको छ । महानिर्देशक योकोयामाले झण्डै छ वर्ष बैंकको देशीय निर्देशकका रुपमा नेपालमा काम गरिसकेका छन् । “नेपालमा एडीबीको सञ्चालन, हाम्रो साझेदारी र प्रमुख रणनीतिक दिशाहरूबारे छलफल गर्न काठमाडौँ आएको, वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट्न पाउँदा आफूलाई खुसी लागेको, एडीबी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न, नेपाली जनताको जीवनस्तरमा सुधार गर्न र जलवायु परिवर्तनको प्रभावसँग लचिलोपन निर्माण गर्न महामारीबाट हरित, लचिलो एवं समावेशी पुनरुत्थानमा नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको” जानकारी महानिर्देशक योकोयामाले दिएको बैंकले आज एक विज्ञप्तिमार्फत् जनाएको छ । स्थानीय तहमा सेवा हस्तान्तरण गर्दै वैदेशिक प्रत्यक्ष लगानीलगायत निजी क्षेत्रको लगानीलाई थप प्रोत्साहन गर्न पूर्वाधार र मानव पूँजीमा संरचनात्मक सुधार र गुणस्तरीय लगानीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै उनले त्यसबाट कृषि, उत्पादन र सेवाहरूमा उत्पादकत्व बढाउँदै उच्च आर्थिक वृद्धि हासिल मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । भ्रमणका क्रममा उनले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर कोभिड–१९ महामारीको फैलावटलाई नियन्त्रण गर्न र जनस्वास्थ्य, उनीहरूको स्वास्थ्य सुरक्षा तथा अर्थतन्त्रमा पर्ने असरलाई व्यवस्थित गर्न सरकारले गरेको प्रयासको प्रशंसा गर्नका साथै विकास कार्यक्रम र सुधारको समयानुकूल, प्रभावकारी र गुणस्तरीय कार्यान्वयनलाई तीव्र गतिमा अघि बढाउन आग्रह गरे । साथै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, खानेपानीमन्त्री उमाकान्त चौधरी, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, विभिन्न मन्त्रालयका सचिव र अन्य उच्च सरकारी अधिकारी, आयोजनाका कर्मचारी र विकास साझेदारहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

सम्बन्धित सामग्री

चर्किंदै सडक विभाग र विद्युत् प्राधिकरणबीचको विवाद

२० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने सवालमा सडक विभाग र नेपाल विद्युत् प्राधिकरणबीच उत्पन्न विवाद चर्किंदै गएको छ । एशियाली विकास बैंक (एडीबी)को समन्वयमा दुई निकायका अधिकारीबीच आइतबार बसेको बैठकमा दुवै पक्षले अडान नछाडेपछि विना निष्कर्ष सकियो । एक सहभागीका अनुसार दुवै निकायहरु एक–अर्कामाथि दोष थुपार्दै ढिलासुस्ती, लापरवाही र असहयोगको आरोप […]

पोखराका नौ ताल जोड्नेगरि साइकल ट्रयाक बन्ने

पोखरा उपत्यकाभित्रका नौवटा ताल र महानगरपालिकाका १८ वटा वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुने भएको छ। त्यसबाहेक पोखरा आसपासका सम्पदा संरक्षण र विकास निर्माणमा पनि एशियाली विकास बैंक (एडिबी) ले सघाउने भएको छ। एडिबी कै सहयोगमा लेक टु ...

दाङमा राप्ती करिडोर शिलान्यास, लागत १० अर्ब

३१ साउन, दाङ । दाङको देउखुरीमा करिब १० अर्ब लागतमा राप्ती करिडोर निर्माण हुने भएको छ । सहरी विकास मन्त्रालय र एशियाली विकास बैंक (एडिबी)को संयुक्त लगानीमा निर्माण हुन लागेको करिडोरको सोमबार सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका छन् । दाङको भालुवाङदेखि बाँकेको अगैयासम्म करिडोर बन्ने सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए […]

आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने सरकारको दाबी

विभागले प्रक्षेपण गरेको चालू आर्थिक वर्षको वृद्धि एशियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अनुमानभन्दा बढी हो । तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्याङ्क विभागले सार्वजनिक गर्ने गरेको छ ।

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुटवल-१२ को जितेश्वरी सामुदायिक वनमा फोहोर व्यवस्थापन स्थल बनाउने तयारी अनुसार नगरपालिकाले सन् २०१२ मा ऋण सम्झौता गरेको थियो । स्थानीयको विरोधपछि कामै अघि बढ्न सकेन । कर्मचारी […]

विद्युतीय प्रणाली सुधारका लागि एडीबीको ६० करोड ऋण

विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो । त्यसमा स्वचालित ३४ वटा ग्रीड सवस्टेशनका साथै काठमाडौँ उपत्यकामा स्मार्ट मिटरको जडान, १४४ किलोमिटर प्रसारण लाइन निर्माण …

खोप खरिदका लागि एडिबीबाट १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण

कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडिबी) बीच रु १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका देशीय निर्देशक आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यो सहुलियत ऋण सहायताले एक करोड ५९ …