प्रचण्ड-नेपाल एकता : ६० प्रतिशत हिस्सा माधव नेपालको पोल्टामा !

नेकपाको प्रचण्ड-नेपाल पक्षले एक साताभित्र पार्टी एकता टुंग्याउन भन्दै गठन गरेको कार्यदललाई दिइएको समयसीमा आइतवार सकिए  पनि विधि र मापदण्डका बारेमा ठोस प्रस्ताव तयार भएको छैन । गत पुस २० गते एकताका काम तत्काल पूरा गर्ने उद्देश्यले नेकपाले सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, बेदुराम भुसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, वर्षमान पुन, गोकर्ण विष्ट, मातृका यादव र शक्ति बस्नेत सम्मिलित कार्यदल गठन गरेको थियो  । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले तत्काल सुझाव दिन कार्यदललाई म्यान्डेट दिएको थ...