धनुषा : प्रदेश २ सरकारले 'बेटी पढाउ, बेटी बचाउ; कार्यक्रमअन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले धनुषाको २७ विद्यालयका एक हजार ५२० जना छात्रालाई वितरण गरेका हुन्।मुख्यमन्त्री राउतले प्रदेशका सबै सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको पनि बताए। साइकलले सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै मुख्यमन्त्री राउतले यसलाई रुपान्तरणक