काठमाडौँ – सेन्ट लुइसस्थित वासिंगटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताले कोभिड–१९ विरुद्ध लड्ने एन्टिबडी खोप लगाएको कम्तीमा ६ महिनासम्म काम गर्ने बताएका छन्। अनुसन्धानकर्ताले कोरोना भाइरसको खोप प्राप्त गर्ने मानिसमा एन्टिबडीको परिपक्वता ट्र्याक गरेका थिए। युनिभर्सिटीको प्रेस विज्ञप्तिअनुसार खोप लगाएपछि एन्टिबडीको स्तर घट्नुले मुख्य रूपमा दिगो प्रतिरक्षा प्रतिक्रियामा परिवर्तनको प्रतिनिधित्व गर्छ। ‘ठूलो मात्रामा एन्टिबडी उत्पादन […]