माओवादीको जनवर्गीय संगठन निष्प्रभावी

नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अनावश्यक भद्दा हुँदा निष्प्रभावी हुँदै गएका छन् । सर्वसम्मत चयन गर्ने नाममा पदाधिकारी सहित सिङ्गो कमिटी भद्दा बनाउँदा कामकाजी हुन नसकेका हुन् ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसम्मत चयनका नाममा चुनावी प्रतिस्पर्धामा जान नदिएपछि कमिटीहरु आवश्यकता भन्दा ठुला हुँदा प्रभावकारी काम गर्न नसकेका हुन् । अहिले माओवादीका कुनै पनि जनवर्गीय संगठनले सशक्त रुपमा भूमिका निर्वाह गर्न सकेका छैनन् । उल्टै गुटबन्दी र अनुशासनहीनता बढ्दै गएको गुनासो बढ्