नेपाली सेनाले आठ पूर्व प्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरका रुपमा लिन सकिने स्पष्ट पारेको छ ।पूर्व प्रधानसेनापतिलाई भारतीय सेनाको निम्ताका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्पराअनुसार सैनिक कूटनीति सुदृढ गर्ने अवसरका रुपमा कार्यक्रममा सहभागी हुन उनीहरुलाई निमन्त्रणा प्राप्त भएको बताए ।उनले भने, “नेपाली सेनाले पनि विगतमा सेना दिवसका अवसरमा अवकाशप्राप्त