नेकपा (एमाले) ले काठमाडौं महानगरको चुनावी प्रतिवद्धतापत्र तीन भाषामा सार्वजनिक गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार तीन भाषाको प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । एमालेले नेपाली, नेपालभाषा (नेवाः) र अंग्रेजी भाषामा आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।उक्त प्रतिवद्धतापत्र सबैले बुझ्ने सम्पर्क भाषा नेपालीका अतिरिक्त काठमाडौंको स्थानीय भाषा नेपालभाषा र युवा पुस्ता एवं दुवै भाषा नबुझ्ने विदेशीहरूका लागि अंग्रेजी भाषामा प्रतिवद्धता पत्र तयार गरेको महानगर कमिटीले जानकारी दिएको छ । &