राजनीति, साहित्य र संस्कृतिको राजधानी विराटनगर यसबेला दधिराज सुवेदीको अवसानबाट शोकमय हुन पुगेको छ । नेपाली साहित्यले अपूरणीय क्षति बेहोर्नु परेको यस घडीमा विराटनगरको साहित्यिक र सामाजिक क्षेत्रमा रिक्तता छाएको छ । ‘वरगाछी’ र दधिराज सुवेदी विराटनगरका पर्याय हुन् । सुवेदीको सक्रियताबाट वरगाछीले थुप्रै लेखक/कविलाई प्रकाशनमा ल्याएको कुरा स्मरणीय छ । सुवेदीले आफ्ना लेखनीका माध्यमबाट विराटनगरको ऐतिहासिकतामाथि प्रकाश पार्दै समग्र मोरङ जिल्लाको साहित्यिक–सांस्कृतिक वैभवलाई चिनाउन कुनै कसर बाँकी राख्नुभएको छैन ।
काठमाडौं । अधिकांश नेपालीको विदेश पस्नुको उद्देश्य आर्थिकरूपले सुरक्षित हुनु हो । त्यसैले कसरी र के गर्दा बढी कमाउन सकिन्छ भन्नेतर्फ नै उनीहरूको ध्याउन्न हुन्छ । यो स्वभाविक पनि हो, किनकि वैदेशिक रोजगारीमा जानुको प्रमुख उद्देश्य राम्रो पारिश्रमिक आर्जन हुनुपर्छ । जसले राम्रो पारिश्रमिक लिन सकेको हुन्छ, त्यस्ताको मात्र वैदेशिक रोजगारी सफल भएको पाइन्छ । बरु पछिल्लो समयमा राम्रोसँग आर्थिक जोहो गरेपछि त्यो रकम कहाँ र कसरी प्रयोग गर्ने भन्ने महत्त्वपूर्ण हुँदै गएको छ ।
दैनिक सरदर वैदेशिक रोजगारीमा जाने ३ हजारभन्दा बढीमध्ये युरोप, अमेरिका र क्यानडा जानेमा ठूलो संख्या उतै घरजम गर्ने क्रम पनि निकै बढेको छ । वैदेशिक रोजगारीकै मोहले कतिपय ग्रामीण बस्ती रित्तिन थालिसकेका छन् । विदेश जान पाएकै कारण सफल ठान्ने युवापुस्ता बढ्दो छ ।
यस्तो परिवेश मौलाइरहेको बेला कतिपयले भने विदेशमा कमाएको रकम मातृभूमिको लागि पनि प्रयोग गर्ने गरेका छन् । आफूले कमाएको रकम मातृभूमिका लागि प्रयोग गर्ने मध्येका एक हुन्– दाङ, तुल्सीपुर नगरपालिका–४ का नरबहादुर (एनबी) टण्डन । सन् २००५ मा क्यानडा पुगेका उनले त्यहाँ कमाएको रकमध्ये केही नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारमा खर्च गरिरहेका छन् । तर, उनले मातृभूमिका लागि गरिरहेको योगदान भने फरक छ । क्यानडामा ट्रक चलाउने गरेका उनले ट्रकभरि नै नेपाल चिनाउने विभिन्न तस्वीर टाँसेका छन् ।
‘क्यानडाबाट अमेरिका चल्ने मेरो ट्रकमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यको तस्वीर राख्दा अन्तरराष्ट्रिय स्तरमा नेपालको प्रचारप्रसार हुने ठानेर सन् २०१३ जनवरी ५ देखि निरन्तरता दिइरहेको छु,’ वडादशैंको बेला नेपाल आएका टण्डनले आर्थिक अभियानसँग भने, ‘जुन कामले आत्मसन्तुष्टि मात्र दिएको छैन । विदेशमा नेपाललाई चिनाउन निकै मद्दत पुगेको महसुस भइरहेको छ ।’
ट्रकमा उनले पशुपतिनाथ, बौद्ध, सगरमाथा, कुमारी, पाटेवाघलगायतका तस्वीर टाँसेका छन् । त्यसो त उनले आफ्नो ट्रकमा व्यापारिक कम्पनीका लागि पोष्टर प्रयोग गर्न दिएको भए राम्रो आम्दानी गर्न सक्ने थिए । उनकाजस्तै अन्य ट्रकले भने व्यापरिक कम्पनीका पोष्टर टाँसेर राम्रै आम्दानी गरिरहेका छन् ।
क्यानडादेखि अमेरिकाका विभिन्न शहरमा चल्ने उक्त ट्रकमा व्यापारिक कम्पनीका विज्ञापन राख्दा महीनामा कम्तीमा १० हजार क्यानेडियन डलर प्राप्त हुने उनको भनाइ छ । उनले भने आफूलाई पैसा कमाउन भन्दा पनि नेपाल चिनाउने काम गर्न पाएकोमा गर्व लागेको बताए । उनको अनुभवमा ट्रकमा राखिएका नेपालका विभिन्न तस्वीर देखेर विदेशीहरू निकै खुशी र उत्साही हुने गरेका छन् ।
‘नेपालको भ्रमण गरिसकेकाहरू त तस्वीर देख्नैबित्तिकै खुशी भइहाल्छन्,’ उनले भने, ‘नेपाल नपुगेकाहरू पनि तस्वीर देखेर नेपालप्रति मोहित हुने गर्छन् र भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता जनाउँछन् ।’
उनले गरेको कामको प्रशंसा गर्दै नेपाल सरकारले सन् २०१६ देखि पर्यटन दूतको जिम्मेवारी दिएको छ । यस्तो जिम्मेवारीबाट उनी झनै उत्साही छन् र सरकारलाई विदेशमा बस्ने नेपालीको शीप र क्षमता उपयोग गर्न सल्लाह दिन्छन् । यद्यपि त्यस्तो काम गरेबापत नेपाल सरकारबाट एक सुको पनि नलिएको उनको भनाइ छ । ‘दीपकराज जोशी बोर्डको सीईओ भएको बेला ३० हजार क्यानेडियन डलर दिन सकिने प्रस्ताव गर्नुभएको थियो,’ उनले भने, ‘तर मैले त्यो रकम लिन चाहिनँ ।’
उनले आगामी दिनमा जति रकम खर्च भए पनि अहिले गर्दै आएको कामलाई निरन्तरता दिने र अब प्रदेशपिच्छेका उत्कृष्ट पर्यटकीय गन्तव्यका झल्किने तस्वीर (सेभेन वल्र्ड नेपाल) ट्रकमा राख्ने बताए । त्यसो त उनले नेपाल आउँदा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सरकारी निकाय र सम्बद्ध व्यक्तिहरूलाई सल्लाह, सुझाव पनि दिने गरेका छन् । आन्तरिक पर्यटन विकासका लागि पुस्तक प्रकाशित गरेर गन्तव्य चिनाइरहेका छन् । कतिपय विपन्नको शिक्षा र स्वास्थ्यमा पनि सहयोग गरिरहेको उनको भनाइ छ ।
‘भ्यू टावर निर्माणले पर्यटनको विकास हुँदैन’
अहिले नेपालमा भ्यू टावर निर्माण गर्ने लहर चलेको छ । जबकि नेपाल डाँडाकाँडा भएको मुलुक हो । डाँडाकाँडा भएको मुलुकमा भ्यू टावर निर्माण गर्नु बजेट सिध्याउने काम मात्र भएको उनको भनाइ छ । बरु सरकारले नयाँ पर्यटकीय क्षेत्रको पहिचान गरी त्यहाँ पुग्ने सहजता खोज्नुपर्ने उनले बताए ।
‘उदाहरणको रूपमा रोल्पा–रुकुममा गुरिल्ला मार्ग बनाउने भनिएको छ । तर त्यहाँ कसरी जाने ? सुरक्षा कस्तो छ ? बस्न मिल्ने अवस्था के छ ? यसका लागि पर्याप्त सूचना कहाँ पाइन्छ भन्ने व्यवस्था मिलाउनु सरकारको दायित्व हुन्छ,’ उनले भने ।
त्यस्तै उनले ७ प्रदेशका पर्यटनसम्बन्धी मन्त्रालयको खासै काम नदेखिएको पनि सुनाए । ‘संघ, प्रदेश र स्थानीय तहले गर्ने कैयन काममा डुप्लिकेशन भएको छ,’ उनले भने, ‘त्यसैले संघमा एउटा मन्त्रालय र बाँकी सबै जिम्मेवारी स्थानीय तहलाई दिने हो भने स्रोतको सही सदुपयोग हुन सक्छ ।’
‘एनआरएनको वर्गीकरण गर्न आवश्यक’
यतिखेर नेपालमा एनआरएनको निकै चर्चा हुने गरेको छ । विदेशमा बस्नेहरूले गैरआवासीय नागरिकताको दावी गरिरहेका छन् । तर, टण्डनले भने एनआरएनको वर्गीकरण गर्न आवश्यक रहेको बताएका छन् । ‘क्यानडामा नेपाल चिनाउने कार्यक्रम गर्दा एनआरएन भन्नेले कहिले पनि आर्थिक सहयोग गरेका छैनन्,’ उनले भने ।
नेपालका लागि कसले कति लगानी गर्यो भन्ने आधारमा एनआरएनको वर्गीकरण गर्नुपर्ने बेला आएको उनको भनाइ छ । त्यस्तै सरकारले विभिन्न देशमा नियुक्त गरेका पर्यटन दूतले सरकारी रकम लिन नहुने पक्षमा उनी छन् । ‘सरकारी रकम लिनेलाई पर्यटन दूत भन्न मिल्दैन,’ उनले भने, ‘तर केही मुलुकमा एनआरएन र पर्यटन दूत भन्नले सरकारी रकम लिएको सुन्नमा आएको छ, त्यसमा अनुसन्धान हुन जरुरी छ ।’
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको जिकिर गरे ।
उनले आयुर्वेद विस्...
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको जिकिर गरे ।
उनले आयुर्वेद विस्...
काठमाडौँ – काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताएका छन्। काठमाडौँमा आइतबार आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको बताए। उनले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको बताए। उनले पहिला नेपालमा विदेशी पर्यटकहरु योगा, आयुर्वेदका लागि […]
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सांस्कृतिक वैभव विश्वसामु चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा सोमबार यहाँ आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव २०७९ पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभयो, “नेपाली भूमि ज्ञानभूमि हो। यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभव बाहिर निकालेर विश्वसामु चिनाउन अझ धेरै काम गर्न बाँकी छ। यसै भूमिमा अनादिकालदेखि सिर्जना भएका अनेकौँ दर्शन, ज्ञानग्रन्थ र औषधिविज्ञानको महìव उद्घाटन गर्नुपर्नेछ ।”
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताएकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताइन् ।“नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ, ज्ञान दर्शन र औषधि दर्शनलाई उद्घाटन गर्नु छ, प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान गरी विश्वसामु ज्ञान पस्कन प्रतिष्ठानले नेतृत्वदायी भूमिका
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताउनुभयो । “नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ, ज्ञान दर्शन र औषधि …
काठमाडौँ,२७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताएकि छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताए । “नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ, ज्ञान […]
‘नेपाली भूमी ज्ञान भूमि हो। यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै कामहरु गर्न बाँकी छ। यो भूमिमा अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई उद्घाटन गर्नुपर्छ। नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य ए...