काठमाडौं : नेपाली कांग्रेसले बाग्लुङको बडीगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा आइतबार भएको घटनाको छानबिन गर्न माग गरेको छ। दर्लिङ बल्देधुरीमा होली खेल्न भेला भएका युवाहरुबीच झडप हुँदा दुई जनाको मृत्यु भएको थियो।
झडपमा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको छ। उनीहरुको शव भीरबाट ५०० मिटर तल भेटिएको थियो। कुँवर कांग्रेस बाग्लुङ जिल्ला समितिका सदस्य हुन्।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी घटना अमानवीय र अत्यन्तै निन्दनीय भएको ट...