भोजपुर : यहाँको पौवादुङमा गाउँपालिकामा प्रहरी चौकी निर्माणका लागि स्थानीय खड्गराज शाक्यले निःशुल्क जग्गा दान गरेका छन्। जग्गा अभावमा प्रहरीको भवन निर्माणमा समस्या भएपछि शाक्यले २९ लाख बराबरको तीन रोपनी जग्गा निःशुल्क दिएका हुन्।जग्गा पाएसँगै अब चौकी निर्माणमा सहजता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले बताए। प्रमुख राईले भने, ‘जग्गा नहुँदा प्रहरी चौकी निर्माणमा समस्या भएको थियो। चौकीको नाममा जग्गा प्राप्त भएको छ। अब प्रहरी भवन निर्माणको लागि पहल थाल्छौँ।’गाउँपालि