सभामुख अग्निप्रसाद सापकोटा गत पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णयविरूद्ध उभिए । आफ्नो अनुपस्थितिमा संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराए । परिषद्को निर्णय कानुनसम्मत नभएको दाबी गर्दै उनले सबै कागजपत्र फिर्ता पठाएपछि सरकारसँग द्वन्द्व झन् बढ्यो ।