जनजीवनका सबै क्षेत्रलाई आक्रान्त पारेको कोभिड–१९ ले शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भयो । विश्वभर मानव गतिविधिलाई स्तब्ध पारी मानव सभ्यतामाथि धावा बोल्ने महामारीबाट शिक्षा किन पनि बढी प्रभावित भयो भने विद्यालय जस्ता सिकाइस्थलहरू स्वभावैले बढी जमघट र भीडभाड हुने स्थान हुन् ।
कमजोर शैक्षिक तथा प्राविधिक पूर्वाधार भएको नेपाल यसबाट अछुतो रहने कुरै भएन । २०७६ चैत्र ५ गतेको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि सम्पूर्ण शैक्षिक अनुष्ठानहरू बन्द भए । सम्पूर्ण तयारी पूरा गरी सञ्चालनको क्रममा रहे...