माओवादी केन्द्रको कारवाहीमा परेका सांसद खड्का पदमुक्त

नेकपा माओवादी केन्द्रतर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । बुधवार राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले सूचनापत्र जारी गरी सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको जनाएका छन् ।