काठमाण्डाै - नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम आजदेखि सुरु हुँदैछ ।
नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच आउँदो भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाका अनुसार, २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको हो । संयुक्त तालिममा नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सहभागी हुनेछन् ।
द्वन्द्व...