सुदूरपश्चिममा बढ्दै महोत्सव

कोरोनाले दुई वर्षदेखि ठप्प रहेका मेला महोत्सवहरू पुनः सुरु हुन थालेका छन् । १४औं संस्करण पूरा गरिसकेको सुदूरपश्चिम महोत्सव बिहीबारदेखि धनगढीमा सुरु भएको छ । यसअघि महोत्सव अत्तरियामा सम्पन्न भइसकेको छ । पहाडी जिल्ला डडेलधुरामा पनि महोत्सव चलिरहेको छ ।