गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ११ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १० लाख ९२ हजार ५३६ मतका साथ तेस्रो स्थानमा रहेको छ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार