२ अर्ब ऋण तिर्न नसकेको औषधि लिमिटेडले अझै ऋण थप्दै

सरकारसँग लिएको ऋण र ब्याज गरी करिब २ अर्ब रुपैयाँ तिर्न नसकिरहेको नेपाल औषधि लिमिटेडले कर्मचारीको तलब भत्ताका लागि थप ऋण लिने प्रक्रिया अघि बढाएको छ । उद्योगले अर्थ मन्त्रालयबाट २५ करोड रुपैयाँ ऋण लिन लागेको हो । अर्थ मन्त्रालयले ऋण दिनेबारे छलफल भइरहेको तर निर्णय नभइसकेको जनाएको छ ।