सरकारका गलत कामको प्रतिवाद गर्न राष्ट्रियसभा सदस्यलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने एमाले सांसदलाई सशक्त प्रतिपक्षको भूमिका खेल्न निर्देशन दिएका छन् ।  बुधबार बिहान राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने आफ्नो दलका सांसदहरुसँग बालकोटस्थित निजी निवासमा छलफल गर्दै ओलीले अब सांसदहरुको भूमिका फेरिएको बताउँदै सोहीअनुसार प्रस्तुत हुन निर्देशन दिए । छलफलमा ओलीले सरकारले गरेका गलत कामको प्रतिवाद गर्न र सशक्त प्रतिपक्षी दलको रुपमा रचनात्मक भूमिका खेल्न निर्देशन दिएको राष्ट्रियसभा सदस्य दिलकुमारी रावल पार्वतीले