सुदूरपश्चिममा बजेट विवाद : सत्तारुढ दलकै सांसदको चेतावनी - 'आफै मिल्न नसके सरकार धेरै दिन टिक्दैन' :: Pahilopost.com

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारको बजेट माथि सत्तारुढ दलमै असन्तुष्टि बढेको छ। प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रतिपक्षीले अवरोध गरेपछि लगातार ९ पटक सारिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक आइतबारबाट संचालनमा आएको थियो। शनिवार प्रतिपक्षीसँग भद्र सहमति भएपछि बजेट आएको २२ औँ दिनमा बैठक सञ्चालन