निश्चित प्रतिशत सेयर निजी क्षेत्रलाई दिने तयारी भइरहेको खुलासाछि नेपाल आयल निगमका कर्मचारी दौडधुपमा लागेका छन् । निगमलाई निजीकरण हुनबाट बचाउनका लागि भन्दै निगममा आबद्ध राजनीतिक दल सम्बद्ध कर्मचारीले दौडधुप बढाएका हुन् । यही क्रममा नेपाली कांग्रेस निकट नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले निगम बचाउनका लागि आफ्नो भेटघाट बाक्लो बनाएको छ । युनियनले मंगलबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेर निगमलाई निजीकरण हुनबाट बचाउनका लागि भूमिका खेल्न आग्रह गरेको छ । अध्यक्ष व