अन्तरप्रदेश सहकार्यको आवश्यकता : मुख्यमन्त्री पोखरेल

जनकपुरधाम : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यकता रहेको औंल्याएका छन्।मुख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्र खोजी गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताएका छन्।शनिबार जनकपुर-पोखरा विमानसेवा शुरु भएपछि पहिलो उडानमा मधेश भ्रमणमा जनकपुरधाम पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश–प्रदेशबीचको सम्बन्ध बलियो बनाउनु