सुदूरपश्चिममा ‘नरहरि’ पर्वको रौनक

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा माघे संक्रान्ति तथा नरहरि पर्वको रौनक छाएको छ। काग तिहार समेत भन्ने गरिएको यो पर्वलाई स्थानीय भाषामा ‘नरहरि’ भनिन्छ।नर भनेको मानिस हरि भगवानमा लीन हुनु अथवा उपासना गर्ने महिनाको शुरुवात भएकाले माघे संक्रान्तिलाई नरहरि भनिएको बताइएको छ। पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन भएकाले यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ।कात्तिकमा पर्ने तिहारमा कागको पूजा गर्ने प्रचलन भए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा