टीआरसी विधेयक: उपसमितिले ४ विषयमा सहमति जुटाउन सकेन, फेरि प्रचण्ड-देउवा र ओलीकै हातमा

सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पहल गरेपछि एमालेले बखेडा झिकेको माओवादीका एक नेताले बताए । ती नेताले भने, ‘सरकारले शान्ति प्रक्रिया टुंग्याउने कुरालाई अगाडि सारेपछि उहाँहरुले जनयुद्ध दिवसको कुरा उचाल्नुभयो । अझै सहमति जनाउने पक्षमा देखिनुभएको छैन ।’