कोरोना कहर : कञ्चनपुर र बर्दियाका विद्यालय बन्द

काठमाडौं : कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी कञ्चनपुर र बर्दियाका विद्यालय बन्द गरिएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारस्थित भृकुटी माध्यमिक विद्यालयका शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय व्यवस्थापन समितिले आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।कोरोनाको नतिजा पोजेटिभ आएका शिक्षकको सम्पर्कमा रहेका विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरु र प्रत्यक्ष सम्पर्कमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुन्जेलसम्म लागि विद