प्रहरी निरीक्षक सरुवाबाट लागू भयो मापदण्ड २०७९, दबाब र प्रभाव नचल्ने गृहमन्त्रीको दाबी

काठमाडौं। नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ। ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९’ अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो। तालिमपश्चात् पास आउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ। […]