हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने प्रदेश ५ सरकारको निर्णय

प्रदेश ५ सरकारले बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।