पाकिस्तानमा बाढीपहिरो : एक हजार ७०० भन्दा बढीको मृत्यु

पाकिस्तानमा यो वर्षको वर्षायाममा बाढीपहिरोमा परी एक हजार ७०० भन्दा बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाका अनुसार बाढीपहिरोमा परी मृत्यु हुनेको एक हजार ७३१ पुगेको छ। विपदजन्य घटनामा १२ हजार ८०० भन्दा बढी घाइते भएका छन्। विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सिन्ध प्रान्त बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ ७९२ जनाको मृत्यु भएको छ। पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकार

सम्बन्धित सामग्री

डुबान प्रभावित क्षेत्रमा झाडापखालाको जोखिम, सतर्कता अपनाउन चिकित्सकको सुझाव

पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, पानीजन्य खानपानमा ध्यान नदिँदा विभिन्न रोग फैलिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । यसै महिना परेको अतिवृष्टिसँगै नेपालका हरेक क्षेत्रमा बाढीपहिरो तथा डुबान भएर हालसम्म १११ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । अर्बौं रुपियाँबराबरको खाद्यबाली नोक्सान भएको छ । कतिपय बस्ती नै बाढीपहिरोमा परी विस्थापित हुन पुगेका ...

विपदजन्य घटनामा ४० वर्षमा ४० हजारकै मृत्यु

काठमाडौं : गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा बाढीपहिरो र विभिन्न प्रकारका विपदजन्य घटनामा परी ४० हजारभन्दा बढीको मृत्यु भएको छ। यस अवधिमा विपदका २२ हजार ३७२ घटना भएका छन्। जसका कारण ३१० जना अहिले पनि बेपत्ताको सूचीमा रहेको गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन महाशाखाले जानकारी दिएको छ। विपदबाट सो अवधिमा ५...