गूडविल बचत तथा ऋण सहकारी संस्थाको आडमा ७९ करोड ८९ लाख ठगी गरेको आरोपमा बहालवाला सञ्चालक समिति सदस्यबाहेक ३ जना पूर्व सञ्चालक तथा मिटर ब्याजीलाई जिल्ला अदालत ललितपुरले धरौटीमा रिहा गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरमा १०० जनाभन्दा बढीले ठगीको उजुरी दिएपछि अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले २०७७ चैत २२ गते पक्राउ गरेको थियो ।
पक्राउ परेपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई अध्यक्ष श्रेष्ठले मिटर ब्याजीका कारण सहकारी डुबेको बताएका थिए । यसरी मिटर ब्याजीको भूमिकामा रहेका पूर्व सञ्चालक ३ जनालाई समेत प्रहरीले पक्...