माधव नेपाल समूहलाई फकाउन सकेमा ठाकुर समूहलाई फकाउन सकिन्छ कि भन्ने आशामा प्रधानमन्त्री ओली देखिएको स्रोतले बतायो ।
संसदमा बहुमत पुर्याउन १३६ मत आवश्यक पर्दछ । एमालेमा माधव नेपाल समूहसहित १२१ मत छ । प्रधानमन्त्री ओलीले माधव नेपाललाई सहमति गर्दै जसपाका ठाकुर समूहलाई फकाउन सोमबार संसद बस्नुअघि ओलीले कुनै अस्त्रको प्रयोग गर्न सक्ने अनुमान भइरहेको छ ।
उनले निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहन चाहेको कारणले पनि उनले आफू प्रधानमन्त्री नहुने भए जुनसुकै कदम पनि चाल्न सक्ने खतरा देखिएको छ । पटकपटक राष्ट्रपति विद्या भण्...