चीन र अमेरिकाबाट एक करोड डोज खोप ल्याउने तयारी

काठमाडौं :  सरकारले अबको १५ दिनमा कोरोनाविरुद्ध खोप खरिदको विषय टुंगो लाग्ने जनाएको छ। स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अबको १५ दिनभित्रमा केही देशले सहयोग घोषणा गर्ने प्रतिबद्धता जनाएका र १५ दिनमा ब्रेक थ्रु हुने दाबी गरे। यस्तै उनले अमेरिका, बेलायतलगायतका देश नेपाललाई खोप दिन सकारात्मक रहेको र सरकारले सन् २०२१ को अन्तिमसम्ममा लक्षित समूहलाई लगाइसक्ने लक्ष लिएर सोहीअनुसार कार्य अघि बढाइएको बताए। भने, ‘हामीले सन् २०२१ को अन्त्यसम्म सबै लक्षित...