फौजदारी कसुरका मुद्दा फिर्ता लिने निर्णय सच्याउन जवाफदेहिता निगरानी समितिको माग

काठमाण्डौ – जवाफदेहिता निगरानी समितिले ‘अपराध पीडितको हक’ विपरीत हुने निर्णय तत्काल सच्याउन र पीडितको न्यायिक अधिकार सुनिश्चित गर्न सरकारसमक्ष आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसाईँले शुक्रवार (आज) जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सत्ता समीकरण तथा राजनीतिक सहमतिका लागि फौजदारी कसुरका आरोपमा थुनामा रहेका एक सय २० जना भनिएका राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग गरिएको  छ । ‘सरकारले मधेश थरुहट आन्दोलनका क्रममा विभिन्न १५ वटा फौजदार...