न्यायपरिषद्को शुक्रबारको बैठकले जिल्ला न्यायाधीशमा नियुक्ति लिन इच्छुक न्याय सेवाका उपसचिवहरुलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ । योग्यता पुगेका उपसचिव मध्येबाट सात दिनभित्र आवेदन माग गरी रोष्टर बनाउन न्याय परिषद्को बैठकले सचिवालयलाई निर्देशन दिएको हो । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाका अनुसार परिषद्को बैठकले जिल्ला न्यायाधीशको नियुक्ति लिन इच्छुक योग्यता पुगेका उपसचिवहरुलाई आवेदन दिन आह्वान गरिएको हो । प्राप्त आवेदनका आधारमा रोष्टर बनाई परिषद्समक्ष पेश गर्न सचिवालयलाई निर्द