वैशाख १५, काठमाडौं । सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज ब्लूचिप फण्डले चैत मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण बिहिवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत धितोपत्रमा गरेको लगानी बढेको छ । फण्डले फाग्ुन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६० करोड ८० लाख लगानी गरेकोमा चैत मसान्त सम्ममा बढेर रू. ६२ करोड ३९ लाख पुगेको हो । त्यसैगरी फण्डको एनएभी फागुन मसान्तसम्मको तुलनामा चैत मसान्तमा घटेको छ ।
फागुन मसान्तमा फण्डको एनएभी रू. ९ दशमलव ९३ रहेकोमा चैत मसान्तसम्ममा रू. ९ दशमलव ५१ कायम भएको हो । त्यसैगरी फण्डको नोक्सानी फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ । फागुन मसान्त सम्ममा फण्डले रू. १ करोड ६४ लाख नोक्सानीमा रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.६ करोड ८४ लाख पुगेको हो । चैत महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू. ५ करोड १४ लाख ऋणात्मक रहेकाले नोक्सानीमा वृद्धि भएको हो । फागुन मसान्तसम्ममा फण्डका कुल खर्च रू. १ करोड ५० लाख रहेकोमा चैत मसान्तसम्ममा बढेर रू. १ करोड ७० लाख पुगेको हो ।