काठमाण्डौ – सांसदहरूले संसदमा कानुन निर्माण गर्ने कुरामा सरकारबाट नै चुनौती रहेको गुनासो गरेका छन् ।
आज (मङ्गलवार) कानुनी शासन केन्द्रले काठमाण्डौमा आयोजना गरेको 'कानुनी शासनको प्रवर्द्धनमा संसद्को भूमिका' विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सांसदहरूले कानुन निर्माण गर्ने विषयमा सरकारबाट नै चुनौती हुने गरेको बताएका हुन् । संविधान बनाउने सांसदहरूले नै सरकारमा जाँदा संविधान नमान्ने गरेको पनि उनीहरूको आरोप छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद प्रकाश पन्तले संसदमा कानुन बनाउने व...