मिल्लान् तीन कोइराला ?

नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च मिटिङले कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याएको थियो। कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ–आफ्नो स्थान बनाएका यी नेता मिलेर महाधिवेशनमा उम्मेदवार दिन्छन् कि भन्ने नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए। तर, ती नेताले थालेको लन्च मिटिङ अहिले अवरुद्ध छ। एक