चीनले शुक्रवार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। तियानमु-१ मौसमविज्ञान तारामण्डलसँग सम्बन्धित उपग्रहहरू, कुआइझोउ-१ ए क्यारियर रकेटद्वारा साँझ ७ः२० मा प्रक्षेपण गरिएको थियो। यी उपग्रहरुलाई मुख्यतया व्यावसायिक मौसम डेटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ।