तिलागुफा पहिरो : थप एकको शव भेटियो

गत आइतबार पहिरोले घर बगाउँदा बेपत्ता भएका एकै परिवारका ५ मध्ये थप एक जनाको शव भेटिएको छ। तिलागुफा– ७ बालीगाउँका ४२ वर्षीय ध्रुवराज विष्टको शव भेटिएको प्रहरी जनाएकाे छ।...

सम्बन्धित सामग्री

अछाम पहिरो : बेपत्ता २२ जनाकै शव भेटियो

अछाममा पहिरोमा परी बेपत्ता सबै २२ जनाकै शव भेटिएको छ। आइतबार बिहान तुर्माखाँदका १३ वर्षीय सुन्दर शाहीको शव भेटिएपछि बेपत्ता सबै २२ जनाको शव भेटिएको हो। यसअघि शनिबार राति अबेर...

अछाममा पहिरो अपडेट : १२ जनाको शव भेटियो, ११ बेपत्ता

काठमाडौं : अछामको तीन स्थानीय तहमा पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ।प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलेकमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १२ जनाको शव निकालिएको थाहा खबरलाई जानकारी दिए। उनका अनुसार कमलबजार– ८ मा पाँच जनाको शव  निकालिएको छ भने कमलबजार ६ मा चार जनाको शव फेला परेको छ। यस्तै तुर्माखाँद ५ मा दुइ घर पुरिएका छन्। त्यहाँ दुई शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर एकजनाको मृत

दार्चुला पहिरो (अपडेट) : थप एक शव भेटियो, १० जना बेपत्ता

दार्चुलामा हालसम्म बाढी पहिरोमा परेका थप एक जनाको शव फेला परेको छ । यसअघि पाँच जनाको शव भेटिएको थियो ।

दार्चुला बाढी–पहिरो : पाँचजनाको शव भेटियो, केही बेपत्ता

धनगढी – दार्चुलामा बाढी पहिरोमा परेर पाँचजनाको मृत्यु भएको छ । उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ । दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको हो। यस्तै महाकाली नगरपालिका–२ का ७७ […]

आँबुखैरेनीमा पहिरो : दुई पुरुषको शव भेटियो

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भत्किएको स्थानमा दुई पुरुषको शव फेला परेको छ। जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले सडक भत्किएको मर्स्याङ्दी नदी किनारमा दुई शव फेला परेको जानकारी दिए। तर मृतक दुवैको सनाखत हुन नसकेको उनले बताए। ‘नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने देखिएको छ’ नेपालले भने। पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजी गरिरहेको छ।ग

रुबीभ्याली पहिरोमा पुरिएकामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

काठमाडौँ, २ माघ। धादिङको रुबीभ्याली गाउँपालिका- १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले एकजनाको शव भेटिएको जनाएको छ। प्रहरीका अनुसार डोजर सहचालक काभ्रेका १९ वर्षीय राजु तामाङको शव फेला परेको हो।अन्य दुईजनाको अवस्था भने अज्ञात छ। पुस २९ गते बिहान साँढे ८ बजेतिर बाटो […]

रुबी भ्याली पहिरो : एकजनाको शव भेटियो

धादिङको उत्तरी क्षेत्र रुबी भ्याली गाउँपालिका–१ स्थित लिङ्जोपुरदेखि तिप्लिङ जाने बाटो खन्ने क्रममा गएको सुक्खा पहिरोमा पुरिएकामध्ये एक जनाको शव भेटिएको  छ। एक्स्काभेटरका सहचालक काभ्रेपलाञ्चोक घर भएकाका राजु तामाङको शव...

धादिङमा पहिरो : एक जनाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात

२ माघ, काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिका-१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । अन्य दुई जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजरका सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो । राजुको शवलाई आज आफन्तको […]

पहिरोमा पुरिएका ३ जनाको शव भेटियो

नवलपुर– नवलपरासी पूर्व हुप्सेकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । बुधबारदेखिको अविरल वर्षापछि विहीबार राति पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका थिए । बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुसूदन सिंहले जानकारी दिए । उनका अनुसार शनिबार पहिरो पन्छाएर शव निकालिएको छ […]

रसुवा पहिरो : आमा छाेरीकाे शव भेटियो, बेपत्ता दुई जनाको खोजी हुँदै

रसुवा - रसुवामा पहिरोले पुरिएका अर्का एक जनाको पनि ज्यान गएको छ । रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षकी कमला तामाङ र उहाँकी ८ वर्षकी छोरी सुकुमायाको शव भेटिएको रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । बिहान कमलाको शव भेटिएको थियो । पहिरो पन्छाउने क्रममा केहीबेर अघि छोरी सुकुमायाको पनि शव भेटिएको प्रहरीले जनाएको हो । गएराति घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको थियो । पहिरोमा ११ वर्षकी छोरी सोकिता र  सात वर्षका छोरा आशिष बेपत्ता भएका ...