प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको प्रश्न- मोदी किन मणिपुर हिंसाबारे बोल्दैनन् ?

गृहमन्त्री अमित शाहले चाँडै प्रधानमन्त्री मोदीले मणिपुर राज्यमा जारी कुकी र मैतेई समुदायबीचको हिंसाबारे बोल्ने जानकारी दिँदा पनि विपक्षीहरू सरकारसँग भड्किएका छन् ।

सम्बन्धित सामग्री

मणिपुरमा भएको हिंसाका कारण मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता

नयाँ दिल्ली । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ । भारतीय कंग्रेस पार्टीका सांसद गौरब गगोइले विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे बोल्न बाध्य पार्न प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव बुधवार दर्ता गराएको बताए । एएनआईसँग बोल्दै गगोइले भने, ‘विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया’ लोक सभामा आफ्नो […]