ईंट्टा भट्टामा डामिएका लक्ष्मी र सुजनहरुका सपना

बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ मा कसैले पनि १४ वर्ष उमेर पुरा नगरेका बालबालिकालाई श्रमिकका रुपमा काममा लगाउन नहुने कुरा उल्लेख गरेको छ । तर, व्यवहारमा भने हरेक ईंट्टा भट्टामा बालबालिकाको श्रमको शोषण भइरहेको छ । यसको प्रत्यक्ष उदाहरण हो लक्ष्मी कार्कीका १४ वर्ष मुनिका तीन छोराछोरी ईंट्टा भट्टामा काम गर्न बाध्य छन् । जसमा १४ वर्ष उमेर पूरा नभएका सुशन कार्की, वर्ष १३ की शुसिला कार्की र १० वर्षका सुजन कार्की ।