विगतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जिम्मेवारी सम्हाल्नुभएका पूर्वमन्त्रीले आधारभूत जनतालाई केन्द्रित गरेर देशको आवश्यकताअनुसार कार्यक्रम तय गरी अघि बढ्न मन्त्री पम्फा भुसाललाई सुझाव दिएका छन् । मन्त्रालयमा आज आयोजित छलफलमा उनीहरूले आफ्ना अनुभव सुनाउँदै देशको आर्थिक विकासका लागि ऊर्जा र सिँचाइ क्षेत्रमा एकीकृत कार्यक्रमसहितको नीति बनाएर अघि बढ्न आग्रह गरे ।पूर्वमन्त्री वर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा एकीकृत गुरुयोजना बनाएर अगाडि बढ्न सुझाव दिए । उनले भने, “नयाँ