काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। सुदूरपश्चिमाञ्चल सरोकार मञ्च,नेपालले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाई राखेका हुन्।उनले मानव संसाेधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणा समेत राखेका छन्।