भारतमा उपराष्ट्रपति चयनका लागि मतदान जारी, मत परिणाम आजै आउने

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसदमा मतदान भएको हो ।   उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन् । स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन् । मतगणना शनिबार नै गरेर नतिजा पनि सार्वजनिक हुने बताइएको छ । नवनिर्वाचित उपराष्ट्रपतिलाई सपथ खुवाउने कार्यक्रम भने आगामी अगस्ट ११ मा मात्रै गराइने तालिका र