महोत्तरी, २२ असोज । जय नेपाल ! महोत्तरीको जलेश्वर नगरपालिका–५ चौरिया बस्तीमा प्रवेश गर्ने कुनै अभ्यागत (अतिथि) हउन् कि आफ्नै छरछिमेकका मान्यजन, सबैका लागि अभिवादन शिष्टाचार निर्वाहमा ‘जय नेपाल’ जिब्रोमै झुण्डिएको छ । बोलिने भाषा नेपाली, मैथिली वा हिन्दी जुनसुकै हुनसक्छ, तर चौरिया बस्तीको एकअर्कामा गरिने अभिवादन भने ‘जय नेपाल’ बाटै हुन्छ । सामान्यतया राष्ट्रसेवक […]