सोमबार गुल्मी र उदयपुरमा भएका सवारी दुर्घटनामा परी १५ यात्रुको ज्यान गएको छ। दुबै जिल्लामा गाडी भीरबाट खस्दा ११ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ यात्रुबाहक माइक्रो बस भिरबाट खस्दा ७ यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। बुटवलबाट सदरमुकाम तम्घास जाँदै गरेको बा ४…