यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु र चालक दलका सदस्य

काठमाडौं : २२ जना सवार तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाली सेनाले मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटना ग्रस्त बनेको जनाएको छ।पोखराबाट जोमसोमका लागि उडेको विमान उडेको १२ मिनेटपछि बेपत्ता भएको थियो। विमानमा तीन चालकदलका सदस्य र १९ यात्रु रहेको तारा एयरले जनाएको छ। विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिए पनि यात्रुको अवस्था अझै अज्ञात छ। विमानलाई  क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। उनीसहित चालकदलमा उत्सव पोखरेल र किस्क्री थापा थिए भने, अर्का क्याप्टेन वसन्त लामा